‘किन आउँछ याद तिम्रो’ सार्बजनिक


हरेकपल July 12, 2019

काठमाडाैँ ।बरिष्ठ गीतकार बी.बी. थापाले पुनः रेकर्ड गराएको (रिमेक) गीत किन आउँछ याद तिम्रो बोलको गीत सार्बजनिक भएको छ । प्रसिद्ध संगीतकार स्वर्गीय नाती काजीको संगीतमा रहेको यस गीत किन आउँछ यादतिम्रो गीतकार बी.बी थापाको आफ्नो युट्यूवच्यानल बी.बी थापा इन्टरटेनमेन्टबाट सार्बजनिक गरिएको हो । यस अघि पहिले नै प्रदिप राज पाण्डेको स्वरमा सजिएको यो गीतयतिखेर मेलीना राईको स्वरमा आएको छ । यहिगीत ‘किन आउँछ यादतिम्रो‘ मा अभिनेता  देव भट्टराई तथा अभिनेत्री अनामिका चौलागाई फिचरिङ भएका छन् । गीतको छायांकन तथा सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गरेका हुन् भने यसको निर्देशन युवाकवि तथा भिडियो निर्देशक हेम प्रभाषले गरेका छन् । गीतमा मनोज चौलागाईको एरेञ्जमेन्ट रहेको छ भने प्रकाश मिश्रले मिक्सीङ गरेका छन् ।