यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लियो


हरेकपल July 12, 2019

काठमाडौँ, २७ असार । नेपालगञ्जबाट ६६ जना यात्रु बोकेर काठमाडौँ आएको यतिको एटीआर विमान बिहान ११ः ५ बजे अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएको छ । विमानमा सवार यात्रुहरुमध्ये २ जना सामान्य घाइते भएको र उनीहरुलाई उद्धार गरी उपचारका लागि काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको छ। अन्य यात्रु भने सुरक्षित छन् । अहिले विमान स्थलमा उडान अवतरण अवरूद्ध भएको छ ।