अविरल वर्षा: गोठ भत्कदा सासूको ज्यान गयो वुहारी घाईते, सडक अवरुद्ध


हरेकपल July 12, 2019

-वद्री नयाँघरे-

रामेछाप २७ असार । दुई दिन देखि अविरल रुपमा परेको वर्षादका कारण रामेछाप नगरपालीका ५ दाईजोर करमटार वस्ने एक जना बृद्ध महिलाको ज्यान गएको छ । शुक्रबार बिहान गोठमा भैसि दुहुन गोठमा पुगेकि ७१ वर्षिय पदम कुमारी सुनुवारको गोठ पछाडीको गारो भत्किएर घटना स्थलमानै मृत्यु भएको छ भने उनकि ५१ वर्षिय वुहारी असली सुनुवार घाइते भएकि छन् । घाईते वुहारीलाई स्थानिय स्वास्थ चौकिमा राखेर उपचार भई रहेकोे वडा अध्यक्ष भिम बहादुर तामाङले जानकारी दिए ।

घाइते सुनुवारको स्वास प्रस्वासमा समस्या देखिनुका साथै छातीमा अप्ठेरो भएपछि निजलाई स्थानिय स्वास्थ चौकिमा राखेर उपचार भईरहेको छ । अविरल वर्षादको क्रम संगै घटना स्थल सम्मको र त्यस क्षेत्रका सवै सडक अवरुद्ध भएपछि विरामीलाई अस्पतालमा लैजान समस्या भए पछि स्टेचरमा राखेर दिउँसो १ वजे मात्र स्थानिय स्वास्थ चौकिमा पुर्याईएको समेत वडा अध्यक्ष तामाङले जानकारी दिए ।