पहिरोले राजमार्ग अवरुद्ध


हरेकपल July 12, 2019

-वद्री नयाँघरे-

रामेछाप २७ असार । अविरल वर्षाद संगै ठाउँ ठाउँमा गएको पहिरोले रामेछाप देखि काठमाडौ र तराई क्षेत्रको सिधा सम्पर्क टुटेको छ । वर्षादले मन्थली नगरपालीका ६ स्थीत खुर्काेटको पुलको मुख सोहि वडाको हातिटार र कुनौरीमा पहिरो गएको छ । पहिरोका कारण रामेछाप वाट राजधारी र तराई क्षेत्रका रुटमा जाने आउने सवै गाडि अवरुद्ध भएकोले यात्री हरुलाई कठिन भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध हटाउन प्रहरी समेतको संलग्नतामा नगरपालीका र सडक डिभिजन कार्यालयको सहयोगमा काम भईरहेको । चाँडैनै सडक खुलाउने तयारी भईरहेको छ । त्यसैगरि अविरल वर्षादकै कारण सदरमुकाम र अन्य गाउँ र ठाउँमा जोड्ने सवै सडकहरु समेत क्षेत विक्षेत भएका छन् ।