मेष राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।
वृष राशिः मित्र सुख मिल्नेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।
मिथुन राशिः अध्यययनमा रुचि जाग्नेछ, आय बढ्नुका साथै कार्यमा उन्नति हुने देखिन्छ ।
कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ, आर्थिक उन्नतिका साथै प्राज्ञिक कार्यम मन जानेछ ।
सिंह राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै दिन संघर्षमय रहनेछ ।
कन्या राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, मित्र सुखका साथै दिन सुखद् रहनेछ ।
तुला राशिः आयमा वृद्धि हुनेछ, काम बन्नुका साथै यात्राको योग देखिन्छ ।
वृश्चिक राशिः मिष्ठान्न लाभ हुनेछ, गृह सुख का साथै रमाइलो दिन रहनेछ ।
धनु राशिः शत्रु पक्ष सबल रहनेछन्, आर्थिक अस्थिरताका साथै शारीरिक आलश्यता रहने देखिन्छ ।
मकर राशिः कार्यमा सफलता मिल्नेछ, गृह सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।
कुम्भ राशिः पराक्रम बढ्नेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
मीन राशिः गृह सुख मिल्नेछ, कान्ति वृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५