आज प्रदोषव्रत, भानु जयन्ती हेर्नुहोस् आजको दिन २०७६ आषाढ २९ गते


हरेकपल July 14, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको २९ गते आइतबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको त्रयोदशी तिथि राति १।१२ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । ज्येष्ठा नक्षत्र बेलुका ६।२८ बजेसम्म रहनेछ । आज शुक्ल योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१८ मा छ भने सूर्यास्त बेलुका ७।०० बजे हुनेछ ।

चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज प्रदोष व्रतका साथै भानुजयन्ती पनि परेको छ । आज सन्ध्याकालीन समय दोषयुक्त रहने भएकाले केवल शिवजीको उपासना शुभ रहनेछ । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथै मनाइदैछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५