साप्ताहिक राशिफल २०७६ आषाढ २९–श्रावण ४ गतेसम्म


हरेकपल July 14, 2019

मेष राशिः मेष राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोध रहने देखिन्छ । मंगलबारबाट ग्रहगोचर राम्रा रहनेछन् । आर्थिक वृद्धि हुनुका साथै कार्य क्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । व्यवसायबाट लाभ हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै सामाजिक मान सम्मान प्राप्त हुने योग देखिन्छ ।

वृष राशिः वृष राशिका लागि साता विशेष फदायी रहनेछ । कार्यमा सफलता हात पर्नुका साथै मान सम्मानका योग पनि देखिन्छन् । मित्र सहयोग मिल्नुका साथै यात्रका अवसर पनि मिल्ने छन् । विद्याको क्षेत्र बलवान छ । पैम जीवन सुखद् रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा पर्न सक्ने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि यो साता उत्तम फलदायी रहनेछ । सोचेका काम बन्ने छन् । रोजगारीका क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । मित्रजनको सरसहयोगबाट कार्यमा प्रगति हुनेछ । आर्थिक वृद्धिका साथै मान सम्मान मिल्ने देखिन्छ । बिहीबारबाट स्वास्थ्यमा सजगता रहनु नै उपयुक्त हुनेछ । अन्य क्षेत्र सबल देखिन्छन् ।

कर्कट राशिः कर्कट राशिका लागि यो साता अर्थकरी रहनेछ । आर्थिक उन्नति हुनुका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । आयमा वृद्धि हुनेछ । धार्मिक रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । श्रीवृद्धिको योग पनि देखिन्छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै आर्थिक उन्नति हुने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । काम बन्ने छन् । मित्र सहयोग प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने छ । सामाजिक क्षेत्रमा रुचि जाग्ने छ । मान प्रतिष्ठा बढ्नुका साथै अध्ययनमा पनि प्रगति हुने देखिन्छ । बुधबार खर्च बढ्ने देखिन्छ । अन्य क्षेत्र मध्यम फलदायी रहनेछ ।

कन्या राशिः कन्या राशिका लागि साता फलदायी रहनेछ । नयाँ काम मिल्ने यो छ । सोचेका कार्य पूरा हुनेछन् । मित्र सहयोग मिल्न नै छ । पराक्रम बढ्नुका साथै भौतिक क्षेत्रबाट विशेष लाभ देखिन्छ । व्यवसाय बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ । आइतबार र सोमबार स्वाथ्यमा प्रतिकूलता रहनुका साथै कार्यमा अवरोध रहने देखिन्छ ।

तुला राशिः तुला राशिका लागि यो साता लाभदायी देखिन्छ । धार्मिक सामाजिक कार्यमा रुचि जाग्ने छ । धनको क्षेत्र सबल छ । व्यापार व्यवसायमा उन्नति हुनेछ । कार्य गर्ने सुअवसर प्राप्त हुनेछन् । विद्या लाभदायी रहनेछ । विहीबारबाट स्वास्थयमा प्रतिकूलताका साथै कार्यमा अवरोध रहन सक्ने छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि यो साता अर्थकरी देखिन्छ । कार्यमा सफलता हात पर्ने छ । मित्र सहयो मिल्ने छ । धन बढ्नुका साथै रोजगारीका अवसर पनि मिल्ने देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै अध्ययनमा पनि उल्लेख्य प्रगति हुने देखिन्छ । घर परिवारको सर सहयोग मिल्ने देखिन्छ । सुखद् यात्राका योग पनि देखिन्छन् ।

धनु राशिः धनु राशिका लागि यो साता फलदायी रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । प्रेम जीवन सुखद् रहनेछ । व्यापार व्यवसय अपेक्षित फलदायी रहने देखिन्छ । स्वास्थ्यको क्षेत्रमा भने सजग रहनु नै उचित हुनेछ । विद्या प्रगतिकारक रहनेछ । आइतबार र सोमबार कार्यमा अवरोध आउनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि यो साता लाभदायी रहनेछ । पराक्रम बढ्नुका साथै आटेका काम पूरा हुनेछन् । कार्य प्राप्तिको योग छ । धार्मिक कार्यमा रुचि जाग्ने छ । मित्र सहयोग मिल्नुका साथै पराक्रम बढ्ने देखिन्छ । मगलबार खर्च बढ्ने देखिन्छ । अध्ययनको क्षेत्र मध्यम फलदायी देखिन्छ । व्यापार व्यवसायबाट लाभ देखिन्छ । मंगलबार र बुधबार कार्यमा अवरोध रहन सक्ने देखिन्छ ।

कुम्भ राशिः कुम्भ राशिका लागि साता सबल रहनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नेछ । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ । गृह सुख मिल्नेछ । आफन्तको सरसहयोगले उललेख्य कार्य सम्पादन हुने देखिन्छ । व्यवसायको क्षेत्र मध्यम फलदायी रहनेछ । बिही र शुक्रबार स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।

मीन राशिः मीन राशिका लागि साता उन्नतिकारक रहनेछ । सोचेका काम बन्ने छन् । मित्र सहयोग मिल्नुका साथै धन वृद्धिको योग देखिन्छ । पारिवारिक सुख मिल्नेछ । व्यापारमा वृद्धि हुने देखिन्छ । शत्रु पराजित हुनेछन् । सन्तान सुख मिल्नेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्रका योग पनि देखिन्छन् । नयाँ कार्यमा मन जानेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५