कोशी ब्यारेज बन्द गर्न भारतले दबाब दियो


हरेकपल July 13, 2019

काठमाडौं, २८ असार । अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शनिबार साँझ कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ४५ हजार ५०० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।

स्थानीय प्रशासनले भने पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।

अहिले ५६ मध्ये ४१ ढोका खोलिएको छ । पूर्वी र पश्तिमी किनाल नहर पनि खुला गरिएको छ । सप्तरीतर्फ पानीको चाप बढेको अधिकारीहरुले बताएका छन् ।

तर बिहार जलमग्न भएकत्त भन्दै भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए ।

यसैबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की सहितको टोलीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।