धनकुटामा उद्धार तथा राहत वितरणमा सक्रिय


हरेकपल July 14, 2019

-विजय राई-

धनकुटा २९ असार । लामो समयको खडेरीपछी केही दिन यता देखी लगातार परेको अविरल बर्षाले धनकुटा जिल्लाको सवै स्थानीय तहहरुमा नराम्रो संग क्षती पु¥याई रहेकाले उद्धार तथा राहत वितरणमा सक्रिय हुन नेपाली कांग्रेस धनकुटाले सवै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गदै पीडितलाई तत्काल राहत प्रदान गर्न समेत नेपाली कांग्रेस धनकुटाले आज माग गरेको छ ।

अविरल बर्षाका कारण धनकुटा जिल्लाका सात वटै तहका विभिन्न वडाहरुमा बाढी तथा पहिरोले घरहरु क्षती पु¥याएको र ग्रामिण सडकहरु पूर्ण रुपमा क्षती भई यातायत अवरुद्ध भएकोले नेपाली कांग्रेस धनकुटाका सवै तहका कार्यसमितिले कांग्रेसजनलाई र भातृ तथा शुवेच्छुक संस्थाहरुलाई विपतमा सहयोग गर्न उद्धार तथा राहतमा सक्रिय पूर्वक परिचालत भै परिचालित गर्न नपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले विज्ञप्ती प्रकाशित गरी आग्रह गर्नु भएको हो । यस कार्यमा सवै धनकुटाका कांग्रेसजनलाई सहभागी भै सवैकिसिमको सहयोग गर्न आग्रह गर्दै क्षतीको वितरण र संभावित हुने सक्ने क्षतीकोको वारेमा नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिको कार्यालय,जिल्लाका पदाधिकारी तथा सदस्यहरु,क्षेत्र,स्थानीय तह र वडाका सभापति तथा पदाधिकारीहरु र सदस्यहरुलाई समेत अभिलम्ब जानकारी गराई दिन समेत विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

लामो समयको खडेरी र खडेरीपछी परेको अविरल बर्षाका कारण धनकुटा जिल्लामा मकै लगायतका अन्नवाली नराम्रोसंग क्षती भएकोले कृषकहरुलाई तत्काल राहत दिन र अविरल बर्षाका कारण अहिले घर क्षती भएका पिडित परिवारलाई पनि तत्काल राहत प्रदान गर्न नेपाल सरकार तथा स्थानीय तहको सरकारसंग नेपाली कांग्रेस धनकुटाले जोडदार माग गरेको छ ।अविरल बर्षाका कारण धनकुटा जिल्लाका सम्पूर्ण ग्रामिण सडकहरुमा व्यापक क्षती पु¥याएकोले धनकुटा जिल्लाका ग्रामिण क्षेत्रमा यातायत पूर्ण रुपमा अवरुद्ध भएको छ भने अहिले सम्म धनकुटा जिल्लाका सातवटै पालिकामा गरी अहिले सम्म पूर्ण र सामान्य गरी १ सय २७ वटा घर क्षती भएको छ ।

अविरल बर्षा पछि गएको पहिरोबाट निगाले सिमेन्ट उद्योगलाई समान्य क्षती भएको र ३ वटा विद्यालय क्षती भएको छ भने चार जना मानिवस घाईते भएका छन ।स्थानीय प्रशासनको सक्रियतामा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय वासिन्दाहरुले अहिले बाढी तथा पहिरो पिडितहरुको उद्धार गरिरहको र पहिरोलाई नियन्त्रण गर्ने कार्य गरिरहेका छन ।