श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको ३० गते सोमबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको चतुर्ददशी तिथि राति १।२५ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मूल नक्षत्र बेलुका ७।३३ बजेसम्म रहनेछ । आज ऐन्द्र योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१९ मा छ भने सूर्यास्त बेलुका ७।०० बजे हुनेछ ।
चन्द्रमा आज धनु राशिमा छन् । आज सोमबार शिवजीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५