आजको राशिफल २०७६ आषाढ ३० गते, सोमबार


हरेकपल July 15, 2019

मेष राशिः व्यवसायमा वृद्धि हुनेछ, आय बढ्नुका साथै सुखद् यात्राका योग देखिन्छन् ।

वृष राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

मिथुन राशिः प्रिय लाभ हुनेछ, धन प्राप्तिका साथै मनमा प्रशन्नता रहनेछ ।

कर्कट राशिः अध्ययनमा रुचि जाग्नेछ, मित्र सुखका साथै दिन सुखद् रहनेछ ।

सिंह राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र सुखका साथै कार्यमा उन्नति हुने देखिन्छ ।

कन्या राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै शत्रु पक्ष सबल रहनेछन् ।

तुला राशिः आयमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

वृश्चिक राशिः गृह सुख मिल्नेछ, कान्ति वृद्धिका साथै मनमा प्रसन्नता रहने देखिन्छ ।

धनु राशिः मिष्ठान्न लाभ हुनेछ, कार्य उन्नतिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

मकर राशिः आर्थिक कठिनाइ रहनेछ, खर्च बढ्नुका साथै दिन संघर्षमय रहनेछ ।

कुम्भ राशिः व्यापारमा वृद्धि हुनेछ, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मीन राशिः गृह सुख मिल्नेछ, आर्थिक उन्नतिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

 

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५