शतेषु जायते शूरः सहस्रेषु च पण्डितः ।
वक्ता दशसहस्रेषु दाता भवति वा न वा ।। –नीति श्लोक
सय जनामा एक वीर हुन्छन्, हजारमा एक विद्वान् हुन्छन्, दस हजारमा एक वक्ता हुन्छन् भने दाता लाखौमा एक पनि नहुन सक्छन् ।
संसारमा दाता पाउन निकै कठिन हुन्छ । दाता भनेका दान गर्ने व्यक्ति हो । दान सबैभन्दा उत्तम धर्म हो । सय जनमा एक शूर वीर व्यक्ति प्राप्त हुनसक्छ । यसैगरी विद्वान् पनि हजारमा एक हुनसक्छन्, दश हजारमा एक जना वक्ता भए पनि लाखौमा पनि दाता नहुनसक्छन् । त्यसैले यो संसारमा दानी व्यक्तिको अभाव छ भन्ने नीति वचन मननीय छ ।
– नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–