महिला शिक्षकहरुको नेतृत्व विकास तालिम सम्पन्न


हरेकपल July 15, 2019

-सरु राई-

धनकुटा ३० असार ।  प्रदेश स्तरीय महिला शिक्षकहरुको नेतृत्व क्षमता विकास प्रशिक्षक प्रशिक्षण तालिम धनकुटाको पाख्रिवासमा आज सम्पन्न भएकाे छ ।
सयम र परिस्थिति अनुसार १ नम्वर प्रदेशका प्रदेश कार्य समिति र जिल्ला कार्यसमितिमा रहनु भएका महिला नेताहरुको नेतृत्व क्षमता विकास गर्ने उदेश्यले संचालन गरिएको दुई दिने नेतृत्व क्षमता विकास तथा सशक्तिकरण प्रशिक्षक प्रशिक्षण तालिममा नेपाली कांग्रेस अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य तथा शिक्षक संघका निर्वतमान केन्द्रियअध्यक्ष केशव निरौला,नेपालशिक्षक संघका केन्द्रिय सदस्य रेणुका पोखरेल,प्रदेश अध्यक्ष पूर्ण गौतम,अर्थ महासचिव रामकुमारी भण्डारीले प्रशिक्षण दिनु भएको थियो ।

नेपाल शिक्षक संघ १ नम्वर प्रदेश महिला बिभागका संयोजक निर्मला कोईरालाको अध्यक्षतमा भएको प्रशिक्षण प्रशिक्षक तालिममा,नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्य क्षविजय सन्तोषी राई,,नेपालशिक्षक संघका प्रदेश उपाध्यक्ष् गंगाराम ढुंगाना,नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य ज्ञानु गुरुङ्ग, नेपाल शिक्षक संघका केन्द्रिय सदस्य रेणुका पोखरेल ,नेपालपत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु लगायतले देशको समग्र विकासका लागी शिक्षानै महत्वपूर्ण भएकोले शिक्षा ऐनमा आमुल परिवर्तन गरी शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो । उहाहरुले आधा भन्दा बढी जनसंख्या ओगटेको महिलाहरुको नेतृत्व विकास भए मात्र मुलुकले सहि नेतृत्व पाउने वताउनु भयो । तालिमको उद्घाटन नेपाल शिक्षक संघका निर्वतमान केन्द्रिय अध्यक्ष केशव निरौलाले गर्नु भएको थियो ।

तालिममा नेपालशिक्षक संघका १ नम्वर प्रदेश महासचिव ऋषि कोईराला, उपमहासचिव तुलाराम चौधरी,सदस्यहरु अर्जना ढकाल,कृष्ण कुमारी बानिया, नेपाल टेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष विगेन्द्र याक्खा,महिला उपाध्यक्ष दिलकुमारी राई,सहसचिव शोभा वराल ,अर्थ सहसचिव बिमला सन्तोषीराई,नेपालशिक्षक संघका १ नम्वर प्रदेशका विभिन्न जिल्लाहरुका महिला पदाधिकारीहरु,प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुक गरी जम्मा ४० जना महिला शिक्षक नेताहरुको सहभागीता रहेको थियो ।