बाढीपहिरो अपडेट : मृत्यु हुनेकाे संख्या ६५ पुग्यो , ३८ घाइते, ३० बेपत्ता


हरेकपल July 15, 2019

काठमाडौं, ३० असार । बाढीपहिरोमा परि देशभर ६५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ पुरुष र ४१ महिला रहेको प्रहरीले जनाएको छ।यस्तै ३८ जना घाईते, ३० बेपत्ता र एक हजार चार सय ४६ जनाको सकुशल उद्धार भएको पनि प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यलयको  तथ्याङ्कअनुसार बाढीपहिरोका घटनामा सबैभन्दा बढी मृत्यु प्रदेश ३ मा भएको छ। प्रदेश ३ मा बाढीपहिरोका घटनामा परी २३ जनाले ज्यान गुमाएका छन्। काठमाडौं उपत्यकाभित्रमात्र ८ जनाको ज्यान गएको छ।

बाढीपहिरोका घटनामा परी प्रदेश १ मा २०, प्रदेश २ मा १८, प्रदेश ५ मा २ र कर्णाली प्रदेशमा २ जनाको ज्यान गएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारको लागि नेपाली सेना र नेपाल प्रहरीका ४० हजारभन्दा बढी जवान खटिएका छन्। उद्धार र राहतलाई प्रभावकारी बनाउन सेनाले आइतबार साँझबाट थप ६ हजार ९ सय फौज परिचालन गरेको थियो। त्यसअघि सेनाले ८ हजार १ सय फौज परिचालन गरेको थियो।