बाढीप्रभावितलाई कांग्रेस सांसदहरुले पाँच दिनको तलब सहयोग गर्ने


हरेकपल July 15, 2019

काठमाडौ‌ं, ३० असार । नेपाली कांग्रेसबाट निर्वाचित सांसदहरुले बाढी, पहिरो र डुबान प्रभावितलाई आफ्नो पाँच दिनको तलब सहयोग गर्ने भएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार विज्ञप्ति जारी गर्दै संघीय संसदमा रहेका आफ्ना सांसदको पाँच दिनको तलब दिने जानकारी गराएका छन् ।

विज्ञप्तिमा उनले संसदको अन्य कारबाही स्थगन गरी बाढी पहिरोको विपद् व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव ल्याउँदा सत्तापक्ष सकारात्मक नभएको आरोप लगाइएको छ ।

सरकार संसदको सामना गर्न तयार नहुनु दुःखद भएको उल्लेख गर्दै खाणद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘सरकारको यस्तो असंवेदनशील, अनुत्तरदायी र असहिष्णु कार्यप्रति कांग्रेस खेद प्रकट गर्छ ।’