काठमाडौं, ३० असार । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् ।
सोमबार सञ्चार उद्यमीसँग भएको अन्तर्क्रिया कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले भने, ‘सञ्चार माध्याममा विदेशी लगानी स्वीकार हुँदैन, एक, दुई, तीन हुँदै हुँदैन ।’
मन्त्री बास्कोटाले आतंकवादबारे मिडियाको दृष्टिकोण प्रस्ट हुनुपर्ने बताए । उनले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।