धनकुटामा पर्यटन प्रवद्धन गर्न फुल तथा धुपीको विरुवा वितरण


हरेकपल July 17, 2019

-शरु राई-

धनकुटा १ साउन । धनकुटा नगरमा पर्यटन प्रवद्धन र वातावरण संरक्षण गर्नका लागी धनकुटा लेडी जेसीजले आज फुल र धुपी रोपण कार्य गर्नकालागी विरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ ।धनकुटा नगरपालिकामा वडा नं. ५ मा सुन्तले शहरमा थप पर्यटन प्रवद्धन गर्नकालागी पहिलो चरणमा ८ सय १७ घरलाई ८ सय ५० फुल तथा धुपीको विरुवा वितरण गरिएको धनकुटा लेडी जेसीजका अध्यक्ष प्रमिशा श्रेष्ठले बताईन ।
धनकुटा नगरपालिका वडा नं. ५ का वडा सदस्य सिता श्रेष्ठ,जिल्ला भू संरक्षण कार्यालय धनकुटाका प्रमुख राजु दाहाल,नेपाल पत्रकार महासंघ धनकटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,धनकुटा पर्यटन विकास समितिका अध्यक्ष् ाविजय सन्तोषी राई, धनकुटा मिसन मुस्कान पर्यटनका अध्यक्ष कुसुम राना धनकुटा लेडी जेसीजका अध्यक्ष प्रमिसा श्रेष्ठ,उपाध्यक्ष बिमला न्यौपाने,सदस्य मञ्जु पौडेल लगायत धनकुटा लेडी जेसीजका पदाधिकारी तथा सदस्यहरुले फुल तथ ाधुपीको विरुवा वितरण गरेका छन् ।

धनकुटा लेडी जेसीजका अध्यक्ष प्रमिशा श्रेष्ठ थापाको अध्यक्षतामा सम्पन्न भएको फुल तथा विरुवा वितरण कार्यक्रममा स्वागत मन्तव्य सदस्य मञ्जु पाडेलले गरेकी थिइन भने कार्यक्रमको संचालन उपाध्यक्ष विमला न्यौपानेले गरेकी थिइन ।धनकुटा नगरपालिका वडा नं. ५ मा स्थानीय वासिन्दाहरुले बिगत केही बर्ष यता देखी सुन्तले शहर घोषणा गरी पर्यटन प्रवद्धन गर्दै आईरहेकोमा यसलाई थप सहयोग गर्नका लागी फुल तथा धुपीको विरुवा वितरण गरिएको धनकुटा लेडी जेसीजका अध्यक्ष प्रमिसा श्रेष्ठले वताईन ।धनकुटा लेडी जेसीजले धनकुटामा पर्यटन प्रवद्धनका लागी र अन्य सामाजिक विकासका लागी विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आईरहेको छ ।