आज बिहीवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ श्रावण २ गते


हरेकपल July 18, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको २ गते बिहीवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्ष द्वितीया तिथि राति ४।५८ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । श्रवण नक्षत्र राति १२।४४ बजेसम्म रहनेछ । आज प्रीति योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२० मा छ भने सूर्यास्त बेलुका ६।५९ बजे हुनेछ ।

चन्द्रमा आज मकर राशिमा छन् । आज बिहीवार बगलामुखी भगवतीको उपासनासँगै पहेला वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५