आजको राशिफल २०७६ श्रावण २ गते, बिहीवार


हरेकपल July 18, 2019

मेष राशिः कार्यमा उन्न्ति हुनेछ, भौतिक वस्तुबाट लाभ रहनुका साथै सुखद् यात्रका योग पनि देखिन्छन् ।

वृष राशिः आर्थिक उन्नति हुनेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मिथुन राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

कर्कट राशिः गृह सुख मिल्नेछ, मित्र लाभका साथै बौद्धिक कार्यमा मन जानेछ ।

सिंह राशिः आयमा वृद्धि हुनेछ, मित्र सुखका साथै धार्मिक कार्यमा मन जानेछ ।

कन्या राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, विद्या लाभका साथै दिन सुखद् रहनेछ ।

तुला राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुुका साथै स्वास्थ्यमा प्रतिकूलता रहनसक्ने देखिन्छ ।

वृश्चिक राशिः मित्र लाभ हुनेछ, कान्ति वृद्धिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

धनु राशिः धन लाभ हुनेछ, कार्य प्राप्तिका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।

मकर राशिः मिष्ठान्न लाभ हुनेछ, अय बढ्नुका साथै दिन रमाइलो रहने देखिन्छ ।

कुम्भ राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

मीन राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५