साउन १, काठमाडौं । बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रमा उद्धार एवं राहतबारे छलफल गर्न नेपाली कांग्रेसले राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
आज नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले उक्त प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा राजपा सांसद वृषेशचन्द्र लाल र कांग्रेस सांसद बद्री पाण्डेले समर्थन जनाएका छन् ।
वर्षाबाट मुलुकभरी भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकोले प्रस्ताव दर्ता गरिएको उल्लेख गरिएको छ ।