श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको ३ गते शुक्रवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्ष तृतीया तिथि अहोरात्र रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । धनिष्ठा नक्षत्र राति ३।११ बजेसम्म रहनेछ । आज आयुष्मान् योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२१ मा छ भने सूर्यास्त बेलुका ६।५८ बजे हुनेछ ।
चन्द्रमा आज मकर राशिमा छन् । आजबाट पञ्चक आरम्भ भएको छ । धनिष्ठदेखि रेवती नक्षत्रका दिनसम्म पाँच दिन पञ्चक रहने गर्दछ । पञ्चकमा जुराएर गर्नुपर्ने विशेष कर्म निषिद्ध रहन्छन् । यसैगरी पञ्चकमा देहान्त्य भए पञ्चक विधिले दाह संस्कारका साथै पञ्चक शान्ति पनि गर्नुपर्दछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५