कालिमाटीमा विषादी परीक्षण : सबै तरकारी खान याेग्य


हरेकपल July 18, 2019

साउन २, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलोपटक कालिमाटी तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण गर्दा कुनै पनि तरकारी खान अयोग्य नभेटिएको जनाएको छ ।

गत शुक्रबार कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटीमा भित्रिएका तरकारीको नमून संकलन गरी विषादी परीक्षणको प्रतिवेदन बुझाउन विभागलाई निर्देशन दिएका थिए ।

विभागले बुझाएको प्रतिवेदन अनुसार ९ वटा उत्पादनमा ३० प्रकारका विषादीको परीक्षणमा खान नमिल्ने खालको विषादी नभेटिएको पाइएको हो ।

नौ वटा उत्पादनमा ३० वटा विषादीको परीक्षण गर्दा सबैमा सरकारले तोकेको मापदण्डभित्रै विषादी प्रयोग भएको देखिएको विभागले जनाएको छ ।