कांग्रेसको धनकुटामा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम


हरेकपल July 18, 2019

-विजय राई-

धनकुटा २ साउन । नेपाली कांग्रेसलाई सशक्त र सुदृढ गर्नका लागी धनकुटामा हुने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनका लागी आज विभिन्न समितिहरु गठन गरेको छ ।नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलेको अध्यक्षतामा भएको बैठकले साउनको दोस्रो साता धनकुटामा हुने प्रदेश स्तरीय नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रममलाई सफल बनाउन विभिन्न समितिहरु गठन गरिएको हो ।नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती अग्नी पसाद पौडेलको संयोजकत्वमा मुल समिति, प्रदेश सांसद तथा नेपाल महिला संघ धनकुटका अध्यक्ष लिला सुब्बाको संयोजकत्वमा स्वागत तथा मञ्च व्यवस्थापन समिति,उपसभापति नविन किशोर शाक्यको संयोजकत्वमा आवास तथा भोजन व्यवस्थापन समित,सचिव विजय सन्तोषी राईको संयोजकत्वमा प्रचार प्रसार तथा सचिवालय व्यवस्थापन समिति, कोषाध्यक्ष दिनेश राईको संयोजकत्वमा आर्थिक समिति र जिल्ला सदस्य जिल्ला नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष खेम पौडेलको संयोजकत्वमा स्वयमसेवक परिचालन समिति गठन गरेको छ ।

नेपाली कांग्रेस अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा र नेपाली कांग्रेस धनकुटकाको आथित्यमा धनकुटामा साउन १३ र १४ गते धनकुटामा १ प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम हुने नेपाली काँग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए।