आज शनिबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ श्रावण ४ गते


हरेकपल July 20, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको ४ गते शनिवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्ष तृतीया तिथि बिहान ६।४६ रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । शतभिषा नक्षत्र अहोरात्र रहनेछ । आज सौभाग्य योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२१ मा छ भने सूर्यास्त बेलुका ६।५८ बजे हुनेछ ।

चन्द्रमा आज कुम्भ राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण गर्नाले शनिजन्य दोष निवारण हुनेछन् । यसैगरी आज पञ्चकका साथै बिहान ६।४६ बजेसम्म भद्रा रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५