खराब व्यक्ति कसरी पहिचान गर्ने ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल July 20, 2019

दुर्जनः स्वस्वभावेन परकार्ये विनश्यति ।
नोदर तृप्तिमायाति मूषकस्वस्त्रभक्षकः ।। –हितोपदेश

दुष्ट व्यक्तिको स्वभाव नै अरुको कार्य विगार्ने हुन्छ । जसरी मुसाले पेट भर्न होइन मनको चित्त बुझाउन सधैँ कपडा काट्ने गर्दछ ।

खराब व्यक्तिको स्वभाव नै अरुको विगार गर्ने हुन्छ । यस्ता व्यक्ति अरुको उन्नति भएको कहिल्यै हेर्न सक्दैनन् । किनकि उनीहरूको स्वभाव नै मुसाको जस्तो हुन्छ । जसरी मुसारले कपडा त काट्छ तर त्यसले उसको पेट भरिदैन । र पनि मुसाले कपडा काट्न छोड्दैन किनकि यो मुसारको स्वभाव भए जस्तै खराब व्यक्तिले अरुको कुभलो मात्र चिताउने गर्दछन् । अतः खराब व्यक्तिले कहिल्यै अरुको भलो चाहदैनन् भन्ने नीति वचन मननीय छ ।
– नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –