साप्ताहिक राशिफल २०७६ श्रावण ५–११ गतेसम्म


हरेकपल July 21, 2019

मेष राशिः मेष राशिका लागि साता फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । सोचेका कार्य पूरा हुनेछन् । मित्र सहयोग मिल्नेछ । पराक्रम बढ्नुका साथै भौतिक क्षेत्रबाट विशेष लाभ देखिन्छ । अध्ययनमा सफलता मिल्नेछ । प्रेम जीवन सफल रहनेछ । व्यवसाय बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ । मंगल र बुधबार कार्यम अवरोध रहनेछ ।

वृष राशिः वृष राशिका लागि साता अर्थदायी रहनेछ । मित्र सहयोग मिल्नेछ । सुखद् यात्रका अवसर पनि मिल्नेछन् । विद्याको क्षेत्र बलवान रहनेछ । व्यापार व्यवसायमका उल्लेख्य प्रगति हुने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै कर्म प्राप्तिको योग देखिन्छ । खेल क्षेत्रमा विशेष रुचि रहनेछ । बिहीबारबाट भने शत्रु पक्ष सबल रहने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि यो साता अर्थकरी रहनेछ । कार्यमा उन्नति हुनुका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । श्रीवृद्धिको योग देखिन्छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै आर्थिक उन्नति हुनेछ । बिहीबारबाट खर्च बढ्नुका साथै शारीरिक कष्ट रहने देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । कार्यमा सफलता हात पर्ने देखिन्छ । मित्र सहयो मिल्नेछ । धन बढ्नुका साथै रोजगारीका अवसर पनि मिल्नेछन् । व्यापार व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै अध्ययनमा पनि उल्लेख्य प्रगति हुनेछ । सोम र मंगलबार खर्चमा वृद्धि हुने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि यो साता उन्नतिकारक रहनेछ । धन वृद्धिको योग देखिन्छ । सोचका काम पूरा हुने छन् । मित्र सहयोग प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने छ । सामाजिक मान प्रतिष्ठा बढ्नुका साथै अध्ययनमा पनि प्रगति हुने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । मंगल र बुधबार कार्यमा अवरोध रहनेछ ।

कन्या राशिः कन्या राशिका लागि यो साता लाभदायी रहनेछ । सोमबारसम्म स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै कार्य क्षेत्रमा पनि अवरोध रहन सक्ने देखिन्छ । सो पश्चात्को समय उत्तम फलदायी रहनेछ । कार्य प्राप्तिको योग देखिन्छ । रोजगारीका अवसर मिल्ने छन् । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै यात्राका योग पनि देखिन्छन् । मित्रजनको सरसहयोगबाट कार्यमा प्रगति हुने देखिन्छ ।

तुला राशिः तुला राशिका लागि यो साता फलदायी रहनेछ । व्यवसायमा वृद्धि हुने छ । आर्थिक उन्न्ति हुनुका साथै कार्य क्षेत्रमा पनि सफलता प्राप्त हुने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययनमा रुचि जाग्ने छ । शुक्रबारबाट भने कार्यमा अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म खर्चमा वृद्धि हुनुका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ । सो पश्चात्को समय शुभ रहनेछ । सामाजिक मान प्रतिष्ठा मिल्ने छ । पारिवारिक साथ सहयोेग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ । व्यवसायको क्षेत्र मध्यम फलदायी रहनेछ ।

धनु राशिः धनु राशिका लागि यो साता लाभदायी रहनेछ । पराक्रम बढ्नुका साथै कार्य प्राप्तिको योग छ । धार्मिक कार्यमा रुचि जाग्नेछ । कीर्ति वृद्धिका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने योग देखिन्छ । व्यवसायमा बृद्धि हुने छ । पारिवारिक सुख मिल्नुका साथै विद्याबाट लाभ हुने देखिन्छ । मंगल र बुधबार भने कार्यमा अस्थिरता रहने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि साता सुखद् रहनेछ । शत्रु निर्वल रहने छन् । विद्याको क्षेत्र सबल र सफल रहनेछ । मनमा नयाँ कार्य गर्ने उत्साह छाउने छ । स्वास्थ्यको क्षेत्र भने दुर्वल देखिन्छ । रोग बढ्नुका साथै शारीरक कष्ट रहने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने छ । आमदानीका क्षेत्र बढ्ने छन् । नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । यान्त्रिक वस्तुबाट विशेष लाभ रहनेछ ।

कुम्भ राशिः कुम्भ राशिका लागि साता शुभ फलदायी रहनेछ । सोचेका काम बन्ने छन् । मित्र सहयोग मिल्नुका साथै धन वृद्धिको योग देखिन्छ । पारिवारिक सुख मिल्ने छ । व्यापारमा वृद्धि हुने देखिन्छ । सन्तान सुख मिल्नुका साथै शत्रु पराजित हुने छन् । अध्ययनमा रुचि जाग्नेछ । मंगल र बुधबार कार्यमा अवरोध रहनुका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

मीन राशिः मीन राशिका लागि यो साता लाभदायी रहनेछ । सोमबारसम्म खर्च बढ्नुका सागथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ । सो पश्चात्को समय फलदायी रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर मिल्ने छन् । धनको क्षेत्र सबल छ । व्यापार व्यवसायमा उन्नति हुनेछ । कार्य गर्ने सुअवसर प्राप्त हुनेछ । विद्या लाभदायी रहने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५