श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला ।
समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि ।। – गीता
कर्मफबाट प्रभावित र वेदोक्त ज्ञानबाट विचलित नभई आत्मसाक्षात्कारको समाधिमा स्थिर रहनाले दिव्य चेतना प्राप्त हुन्छ ।
दिव्य चेतना भनेको दैवी ज्ञान हो । परमात्माको साक्षात्कार हो । मान्छेले पनि दैवीज्ञान हासिल गर्न सक्छन् । तर यसका निम्ति मन कर्मफलबाट प्रभावित हुनु हुँदैन । नित्य कर्मको बाटोमा विचलित हुनेले परमात्माको साक्षात्कार गर्न सक्दैन । परमात्माको साक्षात्कार गर्नु नै योगी हुनु हो । जसका निम्ति वेदोक्त ज्ञानको परिपालना पनि आवश्यक पर्दछ । वेदोक्त ज्ञानबाट विचलित नहुने व्यत्तिले नै दिव्य चेतना प्राप्त गर्दछन् भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला –