आज श्रावण महिनाको पहिलो सोमबार, महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ श्रावण ६ गते


हरेकपल July 22, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको ६ गते सोमबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्ष पञ्चमी तिथि बिहान १०।४४ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाभाद्रपदा नक्षत्र बिहान ८।२३ बजेसम्म रहनेछ । आज शोभन योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२२ मा छ भने सूर्यास्त बेलुका ६।५७ बजे हुनेछ ।

चन्द्रमा आज मीन राशिमा छन् । आज श्रावण महिनाको पहिलो सोमबार शिवजीको उपासना गर्ने उत्तम दिन हो । श्रावण महिनमा पनि सोमबार शिवजीको आराधना गर्नाले भगवान् आशुतोष प्रसन्न भई वरदान दिनुहुने पौराणिक कथा पाइन्छ । चन्द्रमा शिवजीका प्रिय ग्रह हुन् । सोही ग्रहको बार सोम रहने भएकाले पनि आजको दिन विशेष रहेको हो । आज शिवजीलाई जलका साथै वेलपत्र अर्पण पनि शुभ मानिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५