कांग्रेसले महाधिवेशन प्रतिनिधि प्रशिक्षण साउन १६ बाट गर्ने


हरेकपल July 21, 2019

साउन ५, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिका लागि साउन १६ गतेदेखि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रतिष्ठानका कार्यकारी निर्देशक वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहालले जानकारी दिनुभयो । यसैगरी प्रतिष्ठानले कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ ।

आज बसेको बैठकले ७ प्रदेशका १२ ठाउँमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी डा. जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको छ । समिति सदस्यहरुमा डा. आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा रहनुभएको छ ।

त्यस्तै तारानाथ दाहालको संयोजकत्वमा  भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन सदस्य रहने गरी निर्देशिका निर्माण समिति गठन गरिएको छ ।

स्रोत व्यवस्थापन समितिमा खिलानाथ दाहाल संयोजकत्वमा सुभाष पोखरेल, डा। प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल रहनुभएको छ ।