नेकपाले ७७ जिल्लामा इन्चार्ज र सह–इन्चार्जको नाम टुंगायो (को-को परेँ नामसहित)


हरेकपल July 21, 2019

काठमाडौं, ५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्लाका इन्चार्ज र सह–इन्चार्जको नाम टुंगाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको हो ।

पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ ।

नेकपाका अर्का नेता वामदेव गौतमकाअनुसार कुनै जिल्लामा एकजना मात्रै इन्चार्ज छन् भने कुनैमा एकजना मात्रै सहइन्चार्ज छन् तर कुनै कुनै जिल्लामा १० जनासम्म सहइन्चार्ज बनाइएको छ । निर्वाचन क्षेत्र हेरेर सहइन्चार्ज तोकिएको छ ।

नामावली हेर्नुहाेस्