कसले दियो छवि ओझा र शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी ?


हरेकपल July 21, 2019

काठमाडौं, ५ साउन । नेपाली चलचित्र क्षेत्रमा अहिले निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको सम्बन्धको विषयले निकै चर्चा पाइरहेको छ । केही वर्षअघि गुपचुप बिहे गरेका उनीहरूको सम्बन्धमा दरार पैदा भएसँगै चलभित्र क्षेत्र र त्यसभन्दा बाहिरका व्यक्तिहरूले पनि विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

सोही माहोलका बीच निर्माता ओझा र अभिनेत्री पोखरेलविरुद्ध बहुविवाहको उजुरी परेको छ । उजुरी अरु कसैले होइन छविकै जेठी श्रीमती हेमा ओझाले दिएकी हुन् । । शिल्पा र छविलाई विपक्षी बनाएर हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको जाहेरी दिएकी छिन् ।

‘यसअघि आफूले छवि र शिल्पाबीचको सम्बन्धबारे अनभिज्ञ रहेको तर पछिल्लो समय दुईबीच विवाह भइसकेको प्रमाण फेला परेको उल्लेख गर्दै लेखिएको छ–

अहिले दुवैको २०७५ साल पौष ११ विवाह दर्ता भएको प्रमाणपत्र फेला परेकोले छविको वहुविवाह भएको प्रमाणित भएको र निजको सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै वहुविवाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुनबमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरी निजहरुलाई कानुन बमोजिम हदैसम्म सजायँ गरिपाउँ ।’