नायीका साम्राज्ञीको जवानी बालीमा पाेखिदै


हरेकपल July 22, 2019

नायीका साम्राज्ञी आरएल शाह अहिलकी डिमान्डेड अभिनेत्री हुन् । महँगो पारिश्रमिक बुझ्ने अभिनेत्रीको सूचीमा पनि उनको नाम अग्रणी स्थानमा आउँछ । उनको प्रेम सम्बन्धको प्रशंगले पनि समय-समयमा फिल्मवृत राम्रै तताउने गरेको छ । केही महिनायता धनाड्य प्रेमी देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन् देवाङ्कस । साम्राज्ञी प्रेमीलाई लिएर सार्वजनिक कार्यक्रममा पनि निर्धक्क पुग्ने गरेकी छन् । गत वर्ष चलचित्र ‘मारुनी’ को कार्यक्रममा दुईले पत्रकारसँग गरेको लुकामारी निकै चर्चित भएको थियो ।

शुक्रबार दिउँसो प्रेमीसँग समुन्द्री किनारमा रातो विकिनीमा रोमान्स गरेको तश्विर बाहिरिएपछि भने साम्राज्ञीको फेरि एकाएक चर्चा चुलिएको छ । तीन तश्विरमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । ती तश्विरहरु उनले आफ्नो इन्टाग्राममा साझेदार गरेका थिए । तर, गालीको वर्षात भएपछि हटाए । धेरैले यसलाई अपाच्य तश्विरको रुपमा ब्याख्या गरेका छन् । भने, यसले साम्राज्ञीको छविमा समेत असर पुग्ने कतिपयको टिप्पणी छ ।