आज मंगलवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ श्रावण ७ गते


हरेकपल July 23, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको ७ गते मंगलबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको षष्ठी तिथि दिवा १२।३० बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराभाद्रपदा नक्षत्र बिहान १०।४८ बजेसम्म रहनेछ । आज अतिगण्ड योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२३ मा छ भने सूर्यास्त बेलुका ६।५७ बजे हुनेछ ।

चन्द्रमा आज मीन राशिमा छन् । आज मंगलबार गणेशजी एवं हनुभानजकिो उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी आज पञ्चक रहनुकासाथै दिवा १२।३० देखि राति १।१६ बजेसम्म भद्रा रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५