काम चोर ठेकदार र कर्मचारीलाई कार्वाहि गर्न अर्थमन्त्रीको निर्देशन


हरेकपल July 24, 2019

-वद्री नयाँघरे-

रामेछाप । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले कामचोर ठेकेदार र काम चोर कर्मचारीलाई कडा कार्बाहि गर्न प्रमुख जिल्ला अधिकारी लाई निर्देशन दिनु भएको छ । अहिले पनि कतिपय विकाश निर्माणका कामहरु ठेकेदारकै कारण रोकिएको र कर्मचारीले पनि विभिन्न वाहाना वनाएर काममा ढिलासुस्ति गरिरहेको भन्दै समयमा काम नगर्ने कर्मचारी र ठेकेदारलाई तत्काल कार्वाहि गर्न प्रजिअलाई मन्त्रीले निर्देशन दिनु भएको हो । सो निर्देशन उहाँले जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको सार्बजनिक सुनुवाई एबं सेवा प्रवाह सम्बन्धी राय सल्लाह सुझाब संकलन कार्यक्रमका अबसरमा दिनु भएको हो ।

उहाँले सरकारले समयमा काम सक्ने कर्मचारीहरुलाई सलाम गर्ने र काम चोर कर्मचारीलाई नसियत दिने निति अवलम्वन गरेको भन्दै समयमा काम सम्पन्न नगर्ने कर्मचारीले तत्काल राजिनामा दिएर जिल्ला छाड्न आग्रह गर्नु भएको छ । सो असरका बोल्दै मन्त्री ढुंगेलले प्रदेश सरकार ले आफनो १६ महिनाको अबधिमा उल्लेख्य काम गरेको दाबी गर्दे सरकारले गरेको कामको रफतार मुताविक गम्भिरताका साथ काममा लाग्न पनि मन्त्री ढुंगेलले निर्देशन दिनुभएको छ ।

सहकारी र सामुहिक रुपमा उत्पादन मुखी काम गर्ने चाहने जिल्लावासीहरुका लागि मापदण्ड भित्र रहेर प्रदेश मा प्रस्ताब पेश गर्ने त्यस्ता जो सुकैका लागि पनि मन्त्रालयले रकम अभाव हन नदिने भन्दै उनले त्यसका लागि पनि जिल्ला वासीहरुलाई आग्रह गर्नु भयो । उहाँले कम्यूनिष्ट पार्टिको सरकार अरु जस्तो नभइ काममा मात्र बिश्वास गर्ने सरकार भएकोले सरकारी कार्यालयका कर्मचारीहरुले कार्यालमा प्राप्त अख्तियारी र बजेट भन्दा बढि काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा बोल्दै मन्थली नगर पालिकाका प्रमुख रमेश बस्नेतले डिभिजन सडक कार्यालय खुर्कोट लगाएत कतिपय प्रदेश सरकारका कार्यालयले आफनो वजेट र कार्यक्रमका वारेमा मन्थली नगरपालीकालाई कुनै पनि जानकारी नगराएको भन्दै पटक पटक समन्वयका लागि अनुरोध गर्दा पनि सडक कार्यालयले नटेरेकोले अब उसले बनाउने सडक नगरपालिका आफैले बनाउने तर त्यस सडकमा सडक डिभिजन कार्यालयको गाडि पनि हिडन नदिने चेतावनि पनि दिनु भयो ।
जिल्लामा रहेका प्रदेश स्तरका कार्यालयहरुले गत आर्थिक बर्ष २०७५÷७६ मा गरेको कार्यक्रमको प्रगतिको जानकारी गराउने क्रममा उनीहरुले कार्यालयमा प्राप्त बजेट कर्मचारी अभाव र ढिलो प्राप्त अख्तियारीका कारण खर्च हुन नसकेको जानकारी गराएपछि मन्त्रि ढुंगेलले यस्तो कुरा बताएका हुन ।


सो अबसरमा जिल्ला प्रशासन कार्यालय रामेछाप,खानेपानी तथा सरसफाई डिभिजन नं ४, घरेलु तथा साना उद्योग बिकास समिति, डिभिजन वन कार्यालय, पुर्बाधार बिकास कार्यालय,कृषि ज्ञान केन्द्र र सिंचाई डिभिजन कार्यालय लगाएतका कार्यालयहरुले गत आर्थिक बर्ष २०७५÷७६ मा भए गरेका गतिबिधिहरुको प्रस्तुतिकरण गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी लिला कुमारी के सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ३ नं प्रदेका सांसद शान्ति प्रासद पौडेल, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, पूर्ब सांसद देब शंकर पौडेल , ने क पा का जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, नेपाली काग्रेसका सभापति लव श्री न्यौपाने, नेपाल पत्रकार महासंघ का अध्यक्ष रमेश ढुंगेल लगाएतले जिल्लाको बिकास निर्माणको बर्तमान अबस्था र आगामी दिनमा गर्नुपर्ने काम र सुधार गर्नूृ पर्न विषयका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो ।
यस अघि मन्थलीमानै भएको पत्रकार सँगको अर्को भेटघाट कार्यक्रमका अबसरमा अन्य प्रदेशको तुलनामा ३ नं प्रदेशले गत आर्थिक बर्षमा बिनियोजन गरेको रकम बढि नै खर्च गर्न सकेको बताए ।

संघिय, प्रदेश र स्थानीय सकरकारले गर्ने धेरै योजनाहरुमा दोहोरापना भएकोले त्यस्तो दोहोरोपन हटाउनुपर्ने पत्रकार हरुको सुझाब मा उहाँले अब त्यस्तो दोहोरोपना हुन नदिने समेत वताउनु भयो । उहाँले पत्रकार हरुसँगको जिज्ञासा शान्त पार्दै आफु प्रदेश सरकारको मन्त्री भएपनि जिल्लाको विकासमा भने कुनै कमि पनि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा पत्रकारको क्षमता र संस्थागत विकासका लागि १० लाख रुपैयाँ उपलव्ध गराउने घोषणा पनि गर्नु भएको छ ।