श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको ९ गते बिहीवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको अष्टमी तिथि दिवा ३।५७ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्विनी नक्षत्र दिवा २।३४ बजेसम्म रहनेछ । आज धृति योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२४ मा छ भने सूर्यास्त बेलुका ६।५६ बजे हुनेछ ।
चन्द्रमा आज मेष राशिमा छन् । आज अष्टमी तिथि गोरखकाली भगवतीको उपासना सँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५