के वीपी कोइराला कांग्रेसका मात्र हुन् त ?


हरेकपल July 24, 2019

– यज्ञराज जोशी-

६ गते श्रावणलाई नेपाली राजनीतिका शिखर पुरूष महामानव वीपी कोईरालालाई स्मरण गर्ने दिनका रूपमा लिईन्छ । प्रजातान्त्रिक समाजवादका ब्याख्याता महामानव वीपीलाई काँग्रेसले मात्र सम्झने अरु शक्ति बेखबर जस्तै हुनु भनेको पनि बिडम्बना नै भएकोछ । वीपी,पुष्पलाल,सुबर्णसमशेर,गणेशमान,मनमोहन,कृष्ण प्रसाद र गिरिजाप्रसाद जस्ता नेपाली राजनीतिका हस्तिहरूलाई कुनै पार्टी विशेषको आँखाले मात्र हेर्नु भनेको वहाँहरूले राष्ट्र,राष्ट्रियता र प्रजातन्त्रका लागि गरेको अतुलनीय योगदान प्रति अवमूल्यन गरेको ठहर्छ ।

अर्को तर्फ नेपाली कांगे्रसले आफ्ना संस्थापक नेता अझ विश्व राजनीति मै प्रजातन्त्रका लागि विशिष्ट स्थान बनाई सकेका महापुरूष वीपी कोईरालाको सम्झना कुनरूपमा गर्दैछ भन्ने पनि अहिलेको चर्चाको बिषय बन्न सक्छ । वीपीले सूत्रपातगरेको राजनीति र सामाजिक परिवर्तनको बाटोमा नेपाली कांगे्रस गएको छ वा वीपी विचारको बाटो छोडेर अन्यत्रै अलमलिएकोछ यो पनि अहिले छलफलको बिषय बन्न सक्छ वीपी ले परिकल्पना गरेको नेपाल प्रजातन्त्रका नाउँमा अझ एक फड्को अगाडि बढेकोछ । संविधान सभाबाट जनताको संविधान बनाउने वीपीको सातसालको राजनीति परिवर्तन पछिको सपनापनि पुराभएको छ तर वीपीले परिकल्पना गरेको सामाजिक परिवर्तन कसरी भएकोछ ? समाज कुन बाटोमा अगाडि बढ्दैछ र राजनीतिले लोकतान्त्रिक गणतन्त्रको नाममा कस्तो मोड लिदैछ कांग्रेसले यसतर्फपनि ध्यान दिन जरूरी देखिन्छ ।

राणा शासनको अन्त, पञ्चायत र शाही शासनको समाप्तिपछि अब नेपाली जनताले कुनैपनि राजनीतिक क्रान्ति गर्नुनपर्ने र आर्थिक क्रान्तिबाट मुलुकलाई समृद्धितर्फ लैजाने उद्घोष गरेका ेथियो । २०७४ को आम निर्वाचन र स्थानीय निकायको निर्वाचनको परिणामले कांगे्रसलाई अल्पमतमा खुम्च्याएर राख्यो, सबै तहमा नेकपालाई दुई तिहाई बहुमत दिएर देशमा कम्युनिष्टको सरकार बनेपछि कांगे्रसको आर्थिक क्रान्तिको नाराले मूर्तरूप लिन सक्ने कुरा भएन । अर्कोतर्फ दुईतिहाईको दम्भ बोकेको नेकपाको सरकारले आफ्नै कम्युनिष्टशैली र सोचबाट मुलुकमा शासन गर्दा देशको राजनीति अबस्थाले कस्तो बाटो लिने हो ? कुनचाहिँ अधिनायकवादी तानाशाहका पोल्टोमा पर्ने हो भन्ने शंकाहरू दिनानुदिन बढ्दै गएको आभाष भैराखेको छ । आकाशिदो मूल्यबृद्धि, थेग्नै नसकिने करबृद्धि, कर्मचारी माथिको पजनितन्त्र,न्यायालय माथिको हैकम, अर्थतन्त्र माथिको देशब्यापी लुटतन्त्र, असन्तुलन विदेशनीति र छिमेकीसँगको ब्यवहार,प्रतिपक्ष पार्र्टीसँगको अनुदार नीति,पत्रकार र मानवाधिकारमाथिको अंकुश लगाउने जस्ता नीतिले अहिले देशका आमजनसमुदायमा चरम असन्तुष्टी पैदा भैराखेको छ । हतियारको राजनीति समाप्त भैसकेको नेपाली मानसिकतामा पुनः बम बारूदका गन्धले, चन्दा आतंकका भयले, सरकारी धरपकडका डरले, देशका आम नागरिकले भय र त्रासको वातावरणमा जिउनु पर्ने अवस्थाको श्रृजना भएकोछ ।

बसौँसम्म अस्थिरताको राजनीतिबाट वाक्क भएका जनताले दुईतिहाईको सरकारबाट स्थायित्व र समृद्धिको ठूलो भरोसा गरेको डेढबर्ष बित्न नपाउँदै निराशातर्फ उन्मुख हुनु भनेको मुलुकका लागि शुभ लक्षण मान्नसकिन्न ।यस्तो निराशाको सहारा र समाधान खोजि गर्दै जाँदा जनताले प्रतिपक्ष कांगे्रसको भरोषा गर्नु स्वभाविक हुन्छ । सरकारसँग टुट्न लागेको जनताको मन जित्न कांगे्रस के गर्दै छत ? भन्ने प्रश्नपनि आउछ । कांगे्रसको चालामालाबाट पनि जनता सन्तुष्ट देखिदैन । कांगे्रस भित्रको आन्तरिक कचिङ्गल, चरम गुटबन्दी, संगठन भित्रको लथालिङ्ग, संघीय संसद लगायत प्रदेश, नगर र गाउँपालिकामा कांगे्रसको भूमिकाबाट जनताले आशा जनक भरोसा पाएका छैन । सत्तापक्ष र प्रतिपक्षबाट टुट्न लागेको जनताको मनलाई कस ैन कसैल ेत क्याच गर्छ नै । यो इतिहासले सिकाई सकेको बिगतको पाठ पनि होनि । नेपालमा संसदीय ब्यवस्थाको जननिका रूपमा रहेको कांगे्रसले उसमाथि हुने आक्रमणलाई टुलु टुलु हेरि रहन सक्छ त? नेपाली जनताका हक अधिकार र प्रजातन्त्रका लागि वी.पी लगायतका नेताहरूले गरेको बलिदानीपूर्ण सहादतलाई सम्झेर के कांगे्रसले मानव अधिकार हननका सबै खाले काम कारबाहीप्रति मूक दर्शक भएर बस्न सक्छ त ? उत्तर सजिलो छ बस्न र हेर्नै सक्दैन । त्यसो भए कांगे्रसको वर्तमान साङ्गठनिक अवस्था, कांगे्रसजनहरूको मानसिकतालाई हेर्दा अग्रजले आर्जेको संसदीय व्यवस्थाको सम्वद्र्धन गर्दै अधिनायकवादमा उन्मुख मुलुकलाई प्रजातान्त्रिक पथबाट बाहिरिने खतराबाट जोगाउन सक्षम छ त? वीपी स्मृतिको यस घडीमा मनन गर्न जरूरी छ ।

अहिले देखिएको मुलुकको अवस्थाले धेरै विग्रिसक्यो भन्ने होईन तर भूमिगत रूपमा हुनेगरेका घटनाले के निम्त्याउने हो ? स्थिति साह्रै बिग्रिसकेपछिको वार्ताबाट खोजिने समाधान क े? विप्लवजीले त संसदीय व्यवस्थाको औचित्यमाथिनै प्रश्न राखिसक्नु भएको छ विगतझैं हजारौंको रगतको खोलो बगेपछि, विकासका बाँकिरहेका संरचना ध्वस्त भएपछि हुने वार्तापछिको सम्झौताको निशाना संसदीयव्यवस्थानै हुनेत हैनकि भन्ने शंंका गर्ने ठाउँ यस मानेमा रहन्छ किनभने बिगतमा संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो, संसदीयव्यवस्था भनेको पुँजीपति र सामन्तीवर्गको कमाइ खाने भाँडो हो भन्नेहरू अहिले सत्तामा छन्।

त्यो मानसिकताबाट सत्ताधारी पार्टी पनि विलकुलै सुध्रिसकेको छ भन्नपनि गाह्रो यस मानेमा हुँदैछ कि एमालेको जबजको सट्टा जनताको जनवादतर्फ नेकपालाई लैजाने बहस तीब्ररूपमा अगाडि बढिरहेको अवस्थाबाट बिप्लबजीको एजेन्डामा सहमति नहोला पनि भन्नसकिन्न । त्यसैलै हरेककोणबाट नेपालमा संसदीय व्यवस्था माथि खतरा आइरहेको बेला नेपाली काँङ्ग्रेस अतिनै गम्भीर हुन जरूरी देखिन्छ किनभने काँग्रेस बाहेक संसदीय व्यवस्थाको संरक्षण अरु कसैले गर्न सक्दैन भन्ने ऐतिहासिक सत्यता छ । दिन प्रतिदिन बलियो हुँदैगएको कम्युनिष्ट पार्टीका विरूद्ध लड्न काँङ्ग्रेसको वर्तमान कमजोर संगठन सबल छैन । काँङ्ग्रेस साह्रै कमजोर छ, विभिन्न गुटउपगुटमा विभाजित छ । काङग्रेसीको उर्बरक थलो नेबिसंघमा खडेरीनै परेकोछ ।तरूणदल, महिला संघ लगायतका संस्थाहरू नाम मात्रका छन ।अझभन्ननि अपठेरो कहाँ छ भने नेकाको बिधानले तेत्तीस प्रतिशत महिलाको सहभागिताको व्यवस्था गरेकोछ तर बिडम्बना छ हरेक वडाबाट पाँच जना क्षेत्रीय प्रतिनिधि महिला पाउन गाह्रो छ । केन्द्रिय विभागहरूले अझै पूर्णता पाएका छैनन् ।

घात अन्तरघातको मानसिकतामा कुनै कमिआएको छैन ।मौजुदा यस संगठनले देशको अगाडि खडा बामपन्थी पहाड फोड्न काँङ्ग्रेसलाई सजिलो छैन ।त्यसैले काँङ्ग्रेसले यसबेला सत्ताको कुनै लालसा नराखी संगठन विस्तारमा ध्यान दिन जरूरी छ । पालैपालो जनताले शासन गर्ने म्यान्डेड दिएका छन् पछिको पालो काँङ्ग्रेसको भन्ने हल्का बिष्लेशण गर्नु भन्दा पहिले अब दुईठूला कम्युनिष्ट पार्टी एक भएकाछन् त्यो पार्टीलाई हराउन थप बीस लाख भोट काँङ्ग्रेसले कमाउनु पर्छ भन्ने हेक्का राख्न जरूरी छ । कम्युनिष्ट पार्टी फुटनकालागि जुटेका होईनन् लामो समयसम्म शासन गर्न र देशलाई बामपन्थिमय बनाउनाकालागि एक भएका हुन् अझै छुटेफुटेकाहरूलाईप नि एक ठाउँमा ल्याउँदैछन् भन्ने हेक्कापनि काँङ्ग्रेसले राख्नजरूरी छ ।त्यसैले सत्ताको यो वा त्यो लालसा त्यागेर काँङ्ग्रेसले आफ्नो घर मजबुत बनाउन ढिला गर्नु हुँदैन ।घर नजिकका कसिङ्गरले कसैका घरको शोभा बढाएको हुँदैन । कसिङ्गरहरू जस्तोसुकै होस् समयमै बढार्न जरूरी छ । अन्तरघातीहरू काँङ्ग्रेसका रोगहुन् त्यस्तालाई निरूत्साही गर्नजरूरी छ ।

काँङ्ग्रेसमा नेता देखि कार्यकर्तासम्म धर्मकाबारे,संघियताका सबालमा,बिदेशनीतिदेखि अन्य राजनीतिकदललाई हेर्ने दृष्टिकोणका बारेमा फरक फरक अभिब्यक्ति आउनेगरेकाले एक किसिमको भ्रम पैदाहुने गरेको छ । त्यसो हुननदिन केन्द्रिय समितिले यस्ता बिषयमा एउटै धारणा बनाएर अनुमोदनपछि पुस्तिका तयार पारेर देशभरी प्रशिक्षणको थालनी व्यवस्थित रूपमा गर्न जरूरी छ । नेबिसंघको गठन तुरून्त गर्नु पर्छ साथै अन्य भातृसंस्थाहरूलाई प्रभाबकारी बनाउन कडाईका साथ निर्देशनको आवश्यकता देखिन्छ ।प्रदेश कमिटिको गठन देखि बाँकी गर्नुपर्ने क्षेत्रीय,वडा र गाउँ कमिटिको गठनमा ढिलाईहुँदा बिभिन्न टिका टिप्पणीहरू काँङ्ग्रेसका अगाडि तेर्सिन शुरू भएकाछन् यतापट्टि छिट्टै ध्यानजान जरूरी छ । यति भैसकेपछि बल्ल काँङ्ग्रेस बलियो हुन्छ अनि मात्र भैपरि आउने हरेक चुनौतिको सामना गर्न सकिन्छ । संगठनकै बलबाट सबैखाले तानाशाहलाई समाप्त पार्दै यहाँसम्म मुलुकलाई पुर्याएको इतिहास साक्षी छ । वीपी ले भन्नु भएकोथियो काँङ्ग्रेसको संगठनका अगाडि कुनै शक्तिले शीरठाडो गर्न सक्तैन । वीपीको यहि भनाईलाई सैतीसौं स्मृतिदिबसमा सम्झनागरी अगाडि बढ्रनुनै वीपी प्रतिको सच्चा श्रद्धाञ्जलि हुन्छ ।

पूर्व नगर प्रमुख, भीमदत्तनगरपालिका कञ्चनपुर