विश्वमा पुँजीवादी र साम्यवादी विचारधारा चरम संकटमा : डा. बाबुराम भट्टराई


हरेकपल July 24, 2019

जनकपुर, ८ असार । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले विश्वमा पुँजीवादी र साम्यवादी विचारधारा चरम संकटमा रहेको बताएका छन् ।

उनले त्यसको विकल्पमा आफूहरुले समुन्नत संघीय समाजवादी विचारलाई अघि सारेको स्पष्ट पारे ।

मुलुकको निकासका लागि संघीय समाजवादबाहेक अन्य कुनै विकल्प नरहेको दाबी गर्दै डा.भट्टराईले समाजमा अन्तरविरोध रहेसम्म संघर्ष जारी रहने उल्लेख गरे ।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानका लागि विभिन्न पार्टीहरुसँग साकारात्मक छलफल भइरहेको खुलासा गरे ।

संविधान संशोधनको सर्तमा आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीसमेत रहेका यादवले संविधान संशोधन नभए सडक संघर्षमा जाने चेतावनी समेत दिए ।