धनकुटामा ७ सय ८४ नयाँ उद्यमी


हरेकपल July 25, 2019

-विजय राई-

धनकुटा । धनकुटा जिल्लामा ७ सय ८४ जनालाई शिपमुलुक तालिम प्रदान गरी नयाँ उद्यमी उत्पादन गरेको छ । हिजो धनकुटामा आयोजित घरेलु तथा सना उद्योग विकास समिति धनकुटाको आर्थिक बर्ष २०६७५- ०७६ को वार्षिक समिक्षा कार्यक्रमम गरेको थियो ।
घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका प्रमुख तथा निर्देशक दिपक पौडेलले आर्थिक बर्ष २०६७५- ०७६ को प्रगती प्रतिवेदन प्रस्तुत गर्दे धनकुटामा जम्मा७ सय ८४ जनालाई शिपप्रदान गरी नया उद्यमी जन्माउन सफल भएको बताए । धनकुटा जिल्लामा २ हजार १ सय ९२ वटा उद्योगहरु र वाणिज्य तर्फ १ हजार १ सय ४९ वटा व्यावसाय दर्ता भएको समेत जानकारी दिएको छ । निर्देक पौडेलले नया औद्योगि निति निर्माण गरी उद्योगहरुको स्थापनामा गर्न उत्साहीत बनाउन जरुरी भएको बताए ।

धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक वहादुर चुवानको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे,घरेलु तथा सानाउद्योग महासंघ धनकुटका अध्यक्ष विजय सन्तोषी राई,उद्यमी गोपाल तामाङ्ग लगायतले घरेलु तथा साना उद्योगबाट मात्र मुलुकलाई समृद्धी बनाउन सकिने भएकाले घरेलु तथा साना उद्योगहरु संरवद्र्धन र प्रवद्र्धन गर्नु पर्नेमा जोड दिए ।

समिक्षा कार्यक्रममा स्वागत ममन्तव्य घरेलु समिति कार्यालय धनकुटाका शिक्षक रमा ढुंगानाले गरेकिथिइन भने कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता अर्जुन गिरीले गरेका थिए ।आर्थिक बर्ष २०६७५- ०७६मा घरेलु तथा साना उद्योग विकास समति धनकुटाले २८ लाखा ५६ हजार ७ सय ४५ रुपैया राजश्व संकलन गरेको निर्देशक दिपक पौडेलल बताए ।