‘घाँटी भन्दा तल… ‘


हरेकपल July 25, 2019

काठमाडौं– गायक आर्जन पाण्डेले अभिनेत्री केकी अधिकारीलाई छाडिदिएका छन् । गायक पाण्डेले केकीको साटो अभिनेत्री रीमा विश्वकर्मालाई रोजेका छन् ।

आर्जनले केकीको साटो रीमालाई रोज्ने कारण भने उनकै नया“ गीत ‘घाँटी भन्दा तल…’ को म्युजिक भिडियो हो । यसअघि आर्जनका अधिकांश म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी थिइन् । बुधवार सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा भने गायक पाण्डेले गायिका विश्वकर्मालाई अभिनय गराएका छन् ।

‘घा“टी भन्दा तल…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो गायक पाण्डेकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रतिक पौडेलको शब्द तथा संगीत निर्देश्ँनको उक्त गीतको म्युजिक भिडियोमा गायक पाण्डे स्वयंले अभिनय गरेका छन् । रोचक शैलीको म्युजिक भिडियोमा गायक पाण्डेलाई अभिनेत्री रीमा विश्वकर्माले साथ दिएकी छिन् । साइन्स फिक्सन शैलीको उक्त भिडियोमा अभिनेताको रुपमा प्रस्तुत भएका गायक पाण्डे भिडियो गेम भित्र प्रवेश गरेपछि विकसित भएका घटना क्रमलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ ।

बालाजुस्थित चलचित्र विकास कम्पनिमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई एस्ट्रो झोलेले निर्देशन गरेका छन् । भिडियोका छायांकार तथा सम्पादक पनि एस्ट्रो झोले नै हुन् ।

अघिल्लो वर्ष गायिका ईन्दिरा जोशीसंगको यूगल गीत ‘रेमिलाई…’ को सफलतापछि उत्साहित भएका गायक पाण्डेले त्यसपछि गायिका मेलिना राईसंग गरेको ‘झिमिक्कै परेली…’ लाई पनि दर्शक तथा स्रोताले मन पराएका थिए ।

‘घा“टी भन्दा तल…’ गीत पप तथा ज्याज शैलीमा आधारित छ । गायक पाण्डेका अनुसार भिडियोलाई रोचक बनाउन केही ट्रिकहरु प्रयोग गरिएको छ । गायक पाण्डेले उक्त भिडियो युवापुस्ताको रोजाइमा पर्न सक्ने अनुमान गरेका छन् ।