चार हजार भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइयो


हरेकपल July 25, 2019

साउन ९, अकाठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यालय भक्तपुरले लाभग्राही सूचीमा परेर पनि अनुदान सम्झौता नगर्ने जिल्लाका चार हजार २४७ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाएको छ ।

गत असार २१ गतेसम्म अनुदान सम्झौता गर्न नआएका लाभग्राहीको नाम सूचीबाट हटाइएको हो ।

त्यसैगरी २०७६ असार मसान्तसम्म सम्झौता गरेर पहिलो किस्ता पनि नलिने लाभग्राहीको पनि सूचीबाट नाम हटाइएको छ ।

जिल्लामा कूल २८ हजार ४१४ लाभग्राही सूचीमा रहेकामा २४ हजार ५५१ ले अनुदान सम्झौता गरेकामा तीमध्ये जिल्लाका चार नगरपालिकामा चार हजार २४७ ले अनुदान सम्झौता नगरेका हुन् ।