काठमाडौं, ९ साउन । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्णयहरुको जानकारी गराएका हुन्।
यसैबीच सरकारले दुई सचिवलाई सरुवा गरेको छ । शहरी विकास मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो । सरकारले प्युठानको माण्डवी गाउँपालिकाको केन्द्र पनि सारेको छ । साविक नयाँ गाउँ गाविसको कार्यालयमा रहेको केन्द्रलाई माण्डवी गाउँपालिका ३ जस्पुर कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्केटाले जानकारी दिए ।
२० निर्णयहरु