सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटो ट्रेडिङ्गबीच सम्झौता


हरेकपल July 26, 2019

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग प्रा. लि बिरगंज वडा न. १५ मा कार्यालय रहेको बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्ग प्रा. लि का तर्फबाट उक्त कम्पनीका अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गर्नुु भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले भारतको प्रसिद्ध इस्र्कार्ट { -Escort)कम्पनीकाे -xtreme) ब्राण्डका वैकहो लोडर तथा हेभी ईक्यूपमेन्टको आधिकारीक बिक्रेता द हबि ट्रेडिङ्ख प्रा. लि बाट नयाँ वैक हो । लोडर तथा हेभी ईक्यूपमेन्ट खरीद गर्न चाहेमा सम्झौता अन्र्तगत खरिद रकमको अधिकतम ७० प्रतिशत सम्म कर्जा सम्बन्धि सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने छ । यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने  प्रेस विज्ञप्ती मार्फत सबैलाई जानकारी गराएको छ ।