आज शनिवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ श्रावण ११ गते


हरेकपल July 27, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको ११ गते शनिवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको दशमी तिथि दिवा ३।२८ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । कृत्तिका नक्षत्र दिवा ४।२८ बजेसम्म रहनेछ । आज गण्ड योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२४ मा छ भने सूर्यास्त बेलुका ६।५५ बजे हुनेछ ।

चन्द्रमा आज वृष राशिमा छन् । आज शनिवार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण गर्नाले शनिजन्य दोष निवारण हुनेछन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५