दुर्लभ वन्यजन्तु कछुवा सहित पक्राउ


हरेकपल July 26, 2019

काठमाडौं, १० साउन । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित श्रीकृष्ण गेष्टहाउसबाट दुर्लभ वन्यजन्तु कछुवा सहित २ जनालाई बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग गोंगबुको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा मेची नगरपालिका-६ घर भएका ६७ वर्षीय छबिलाल अधिकारी र झापा चारपाने नगरपालिका-२ घर भएका २६ वर्षीय बिक्रम उप्रेती रहेका छन् ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।