श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको १२ गते आइतवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको कामिका एकादशी तिथि दिवा २।५९ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । रोहिणी नक्षत्र दिवा ४।४१ बजेसम्म रहनेछ । आज ध्रुव योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२५ मा छ भने सूर्यास्त बेलुका ६।५४ बजे हुनेछ ।
चन्द्रमा आज वृष राशिमा छन् । आज कामिका एकादशीव्रत परेको छ । श्रावण कृष्णपक्षको एकादशीलाई कामिका भनिन्छ । कामिका भनेको कामना अनुसार वर प्रदानगर्ने एकादशीको नाम हो । जस्तो कामना राखेर व्रत धारण गरिन्छ सोही फल प्राप्त हुने भएकाले आज एकादशीको व्रत विशेष रहेको छ । यसैगरी आज तुलसीमा जल अर्पण उत्तम फलदायी रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५