साप्ताहिक राशिफल २०७६ श्रावण १२–१७ गतेसम्म


हरेकपल July 28, 2019

मेष राशिः मेष राशिका लागि साता सबल रहनेछ । व्यवसायबाट विशेष लाभ देखिन्छ । आर्थिक उन्नतिका साथै अध्ययन अध्यापनका क्षेत्रमा पनि प्रगति हुनेछ । शत्रु पराजित हुनेछन् । धार्मिक कार्यमा रुचि जाग्नेछ । सुखद् यात्राका अवसर पनि मिल्नेछन् । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेम जीवन सुखद् रहनेछ । साताको अन्त्यतिर भने खर्चमा केही वृद्धि हुने देखिन्छ ।

वृष राशिः वृष राशिका लागि साता अर्थकरी रहनेछ । शत्रु पराजित हुनेछन् । परिवारको साथ सहयोग मिल्नुका साथै कार्यमा पनि उन्नति हुने देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । नयाँ कार्य गर्ने उत्साह मनमा छाँउनेछ । कला साहित्यका क्षेत्रमा अभिरुचि रहनु्का साथै अध्ययनमा पनि सफलता हात पर्ने देखिन्छ । व्यवापार व्यवसायमा वृद्धि हुनेछ । मित्रजनको साथ सहयोग मिल्नुका साथै यात्राका योग देखिन्छन् । स्वास्थ्यको क्षेत्र सबल रहनेछ ।

मिथुन राशिः मिथुन राशिका लागि साता मध्यम फलदायी रहने छ । सोमबारसम्म स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । मंगलबारबाट कार्यमा सफलता हात पर्नेछ । मित्रजनको साथ सहयोगले कार्यमा उन्नति हुने देखिन्छ । पारिवारिक साथ सहयोगल प्राप्त हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै व्यवसायमा पनि उन्नति हुनेछ । प्रेम जीवन सुखद् रहनेछ । धन प्राप्तिका साथै कार्यलाभ हुने देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि साता लाभदायी रहनेछ । आर्थिक उन्नति हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै पारिववारिक सुख मिल्ने देखिन्छ । मित्र सहयोग मिल्नेछ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । कर्म क्षेत्र सबल छ । मंगल र बुधबार कार्यमा अवरोध रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उपयुक्त हुने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि साता सुखद् रहनेछ । कार्यप्राप्तिको योग देखिन्छ । भौतिक वस्तुबाट विशेष लाभ हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययनको क्षेत्र सबल रहनेछ । कला साहित्यमा विशेष अभिरुचि रहने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । मित्र लाभका साथै कार्यमा उन्नतिको योग देखिन्छ । शुत्रबारबाट भने स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

कन्या राशिः कन्या राशिका लागि साता फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । कार्य लाभका साथै मित्र प्राप्तिको योग देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा पनि सफलता मिल्नेछ । पराक्रम बढ्नुका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ । बौद्धिक कार्यमा रुचि जाग्नेछ । भूधन लाभदायी रहनेछ । धार्मिक कार्यमा मन जानेछ । शिवजीको उपासना यो साता शुभ रहनेछ ।

तुला राशिः तुला राशिका लागि साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ । सोपश्चात्को समय शुभ रहनेछ । धनको क्षेत्र सबल देखिन्छ । आर्थिक उन्न्तिका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । पराक्रम बढ्नुका साथै मित्र जनको साथ सहयोग पनि प्राप्त हुने देखिन्छ । अध्ययनमा सफलता मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

वृश्चिक राशिः वृश्चिक रािशका लागि साता मध्यम फलदायी रहनेछ । आर्थिक उन्नतिका साथै कार्य लाभ हुने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । पारिवारिक सुखसमृद्धि मिल्नेछ । व्यापारमा वृद्धि हुनुका साथै नयाँ कार्य थालनीको योग पनि देंिखन्छ सामाजिक कार्यमा मन जानेछ । मंगल र बुधबार कार्यमा अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि साता धनदायी रहनेछ । पराक्रम बढ्नुका साथै अध्ययन अध्यापनका क्षेत्रमा पनि सफलता हात पर्ने देखिन्छ । कला साहित्यमा अभिरुचि रहनेछ । मित्रजनको साथ सहयोगले कार्यमा उन्नति हुने देखिन्छ । भौतिक वस्तुबाट विशेष लाभ रहनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेममा सफलता मिल्नुका साथै घर परिवारबाट पनि विशेष लाभ रहनेछ । बिहीबारबाट भने कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि साता अर्थकरी रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कार्य गर्ने उत्साह मनमा छाउँनेछ । मित्र सहयोग मिल्नुका साथै अध्ययन अध्यापनका क्षेत्रमा पनि सफलता हात पर्ने देखिन्छ । कार्य लाभ हुनेछ । स्वास्थ्यको क्षेत्रमा भने सजग रहनु नै उत्तम हुने छ । आमदानीका स्रोत बढ्नेछन् । आर्थिक उन्नतिका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ ।

कुम्भ राशिः कुम्भ राशिका लागि साता मध्यम फलदायी रहनेछ । मंगलबारसम्म शारीरिक आलश्यता रहनेछ । कार्यमा अवरोधका साथै शत्रु भय हुन रहन सक्नेछ । बुधबारबाट कार्यमा उन्नति हुँदै जानेछ । मित्र सहयोग प्राप्त हुनुका साथै कार्य लाभको योग पनि देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । पारिवारिक सुख मिल्नु्का साथै सुखद् यात्राका योग पनि देखिन्छन् । धातुजन्य वस्तुबाट विशेष लाभ रहने देखिन्छ ।

मीन राशिः मीन राशिका लागि यो साता लाभदायी रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै कार्यप्राप्तिको योग पनि देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । आर्थिक लाभका योग देखिन्छन् । धार्मिक कार्यमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । कार्य लाभका साथै पारिवारिक साथसहयोग प्राप्त हुने छ । शत्रु पक्ष भने सबल देखिन्छन् । मंगल र बुधबार स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५