सेल्फिको सोखले युवतिको ज्यान गयो


हरेकपल July 28, 2019

-वद्री नयाँघरे-

रामेछाप  । यात्राको क्रममा सेल्फी खिच्दा एक १८ वर्षिय युवतिको तामाकोशि नदिमा वगेर ज्यान गएको छ । शुक्रवार दिउँसो मन्थली नगरपालीका वडा नं २ को कठजोर खोला नजिकै तामाकोशि किनारमा उभिएर सेल्फी खिच्ने क्रममा भक्तपुुर जिल्ला महालक्ष्मी नगरपालीका ६ कि १८ वर्षिय युवति सर्मिला कर्माचार्यको तामाकोशि नदिमा वगेर ज्यान गएको हो ।

दोलखा दर्शनका लागि पारीवारीक भ्रमणका क्रममा विहान घरवाट हिडेको सर्मिलाको परिवार करिव तीन वजेतिर कठजोर खोलामा पुगेको थियो । तामाकोशि नदी र कठजोर खोलाको सुन्दर दृश्यावलोकनका क्रममा नदी किनारमा सेल्फीको लागि पुगेकि शर्मिला सेल्फी लिने क्रममा पछाडीको ढुंगामा चिप्लीएर नदिमा वगेकि थिईन् ।
शर्मिला वगेपछि उनका आफन्त र स्थानियहरुले सवैतीर हार गुहार समेत गरेको भएपनि नदीमा आएको वाढिका कारण तत्काल उद्धारको काम असफल भएको थियो ।

उक्त घटनापछि स्थानियहरुले घटनाका वारेमा जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएका थिए । सोहि आधारमा खोजी कार्यमा जुटेको जनपद र शसस्त्र प्रहरीले शर्मिलालाई स्थानिय भुत्या खोला नजिकै तामाकोशि नदिमा वग्दै गरेको अवस्थमा तत्काल उद्धार गरि स्थानिय तामाकोशि अस्पतालमा लगि उपचार गराईएको र उपचारको क्रममा शर्मिलाको मृत्य भएको अस्पताल श्रोतले जनाएको छ । उनको शव पोष्ट मार्टमका लागि मन्थली प्राथमिक स्वास्थ केन्दमा पठाईएको तामाकोशि अस्पतालले जनाएको छ ।