सेवाग्राहिहरुलाई दुःख दिँदै विद्युत प्राधिकरण मन्थली


हरेकपल July 28, 2019

-वद्री नयाँघरे –

रामेछाप १२ साउन । केन्द्र प्रदेश र स्थानिय सरकारका मुख्य मानिसहरुले जतिसुकै शुशासनका कुरा गर्दे आएको भएपनि सर्व साधारणका लागि लोकतन्त्र र शुसासन एकादेशको कथा जस्तै भएको छ । जसको प्रत्यक्ष अनुभुति विद्युत प्राधिकरण मन्थली शाखामा पुग्ने सेवाग्राहीहरुले दिनहुँ जस्तो गरिरहेका छन् ।
आईतवार दिउँसो सेवा लिन पुगेका सेवाग्राहिहरुलाई सो कार्यालयका काउण्टर शाखामा कार्यरत कर्मचारिले पनि त्यस्तै व्यवहार गरेका छन् । कार्यालयमा आउने सर्वसाधारण सेवाग्राहिहरुलाई उनिहरुले,अपारदर्शि, रुखो र अमर्यादित व्यवहार गर्नै गरेको सुनारपानीकि विमला अछामी (नाम परिवर्तन) ले गुनासो गरिन । आईतावर दिउँसो कार्यालयमा सेवालिने क्रममा उनले विजुलीको रकम तिर्न ५ सय रुपैयाँ दिएकि थिईन । तर काउण्टरका कर्मचारी हरुले खुद्रा पैसा नभएको भन्दै पैसा वुझन मानेनन् । पछि उनले वाहिर गएर उक्त रकम साटेर आईन् र कार्यालयमा वुझाईन् । तर फेरी कार्यालयले ५ रुपैयाँ दिन आग्रह गरयो ।
आईतवारनै विजुलीको वील तिर्न आएका अर्का एक जेष्ठ नागरिकलाई पनि काउण्टरमा कार्यरत कर्मचारी हरुवाट रुखो व्यवहार भएको थियो । भटौली घर भएको वताउने उनलाई काउण्टको कम्प्युटरले उनको टोकन नं सहित आउन आग्रह गर्यो । तर लेखापढि पनि खासै नभएका ति सेवाग्राहिले कुरा वुझेनन र पालो आउने आसामा वसिरहे । कम्प्युटरले सूचना गर्दे गर्दा अरु २ जनाले रकम तिरेर हिडेपछि वृद्धलाई कसैले पालो आएको जानकारी गरायो
। वृद्ध काउन्टरमा पुग्दा त्यहाँ कार्यरत एक जना महिला कर्मचारीले पालो आउन्जेले नआउने भनेर रिसाईन । अनि संगै उभिएका अर्का सेवाग्राहिले लेखापढि नभएको र अनपढ भएकोले पालो छुट्दा कार्यालयले सेवाग्राहिहरुले गर्ने व्यवहार ठिक नभएको भन्दै आपत्ति जनाए । सवै सेवाग्रहिहरुको ध्यानाकर्षण हुने गरी भएको संवाद पछि उनले नवुझेको भए पहिले आफुलाई सोध्न पथ्र्यो नि भनी टारने प्रयास गरिन ।
अर्कि घिमिरे थर वताउने मन्थलीकै एक जना उपभोक्ता पनि काउण्टरमा पैसा वुझाएपछि वाँकि रकम फिर्ता नलिईकन घर फर्किन् । उनले आफुले कटाएर पाउनु पर्ने रकम को वारेमा काउण्टर वाट मिटर स्वीकृतिको कागज र भौचर आयो तर रकम फिर्ता दिने नदिने वारेमा केहि पनि जवाफ नआएपछि अरु संगको व्यवहार देखेर चुप चाप घर फर्किएको वताईन् । हुन त प्राधिकरण का काउण्टर र काउण्टर वाहेका फिल्डका कर्मचारीले पनि पटक पटक यस्तो व्यवहार गर्ने गरेको प्रशस्तै उदाहरण छन ।
प्राधिकरणमा यस्तो खालको व्यवहार पहिलो पटक भने होईन् । उनिहरुले पटक पटक सेवाग्राहिहरुलेनै तिरेको रकम तलव खाएर उनिहरु मथि गर्ने गरेका यस खालको कदमलाई प्राधिकरणले तत्काल सच्याउनु जरुरी रहैको सरोकारवालाहरुले वताएका छन् । यस वारेमा मन्थली केन्द्रका प्रमुख विनोद अधिकारी संग संम्पर्क गर्दा अहिले आफु कार्यालयको कामको शिल शिलामा वाहिर गएकोले कार्यालयको सवै कुरा थाहा हुन नसकेको भएपनि सेवाग्राहि हरुलाई सुसासन दिने कुरामा प्राधिकरण गम्भिर रहेको वताए । उनले भने यस वारेमा तत्काल सूचना अधिकारी संग वुझेर समस्याको वारेमा जानकारी लिएर समस्या भएको भए त्यसको समाधान आफुले तत्काल गर्ने वताए ।