आज सोमप्रदोषव्रत, हेर्नुहोस् आजको दिन २०७६ श्रावण १३ गते


हरेकपल July 29, 2019

श्रीगणेशायनमः आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको १३ गते सोमवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको द्वादशी तिथि दिवा २।१ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मृगशिरा नक्षत्र दिवा ४।२६ बजेसम्म रहनेछ । आज व्याघात योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२६ मा छ भने सूर्यास्त बेलुका ६।५३ बजे हुनेछ ।

चन्द्रमा आज मिथुन राशिमा छन् । आज सोमप्रदोषव्रत परेको छ । यसैगरी आज श्रावण महिनाको दोस्रो सोमबार पनि हो । आजको सन्ध्याकालीन समय विशेष दोषयुक्त रहने भएकाले केवल शिवजीको उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५