सेवाग्राहीलाई दुःख दिंदै मन्थली विद्युत प्राधिकरण


हरेकपल July 28, 2019

वद्री नयाँघरे
रामेछाप १२ साउन । केन्द्र प्रदेश र स्थानीय सरकारका मुख्य मानिसहरूले जतिसुकै सुशासनका कुरा गर्दै आए पनि सर्वसाधारणका लागि लोकतन्त्र र सुसासन एकादेशको कथा जस्तै भएको छ । जसको प्रत्यक्ष अनुभूति विद्युत प्राधिकरण मन्थली शाखामा पुग्ने सेवाग्राहीहरूले दिनहुँ जस्तो गरिरहेका छन् ।

आइतवार दिउँसो सेवा लिन पुगेका सेवाग्राहीहरूलाई सो कार्यालयका काउण्टर शाखामा कार्यरत कर्मचारीले पनि त्यस्तै व्यवहार गरेका छन् । कार्यालयमा आउने सर्वसाधारण सेवाग्राहिहरूलाई उनीहरूले, अपारदर्शी, रुखो र अमर्यादित व्यवहार गर्ने गरेको सुनारपानीकि विमला अछामी (नाम परिवर्तन) ले गुनासो गरिन । आइतावर दिउँसो कार्यालयमा सेवालिने क्रममा उनले विजुलीको रकम तिर्न ५ सय रुपैयाँ दिएकी थिइन । तर काउण्टरका कर्मचारीले खुद्रा पैसा नभएको भन्दै पैसा वुझन मानेनन् । पछि उनले वाहिर गएर उक्त रकम साटेर आइन् र कार्यालयमा वुझाइन् । तर फेरि कार्यालयले ५ रुपैयाँ दिन आग्रह गर्यो ।

आईतवार नै विजुलीको वील तिर्न आएका अर्का एक जेष्ठ नागरिकलाई पनि काउण्टरमा कार्यरत कर्मचारीवाट रुखो व्यवहार भएको थियो । भटौली घर भएको वताउने उनलाई काउण्टको कम्प्युटरले उनको टोकन नं सहित आउन आग्रह गर्यो । तर लेखापढी पनि खासै नभएका ती सेवाग्राहिले कुरा वुझेनन् र पालो आउने आसामा वसिरहे । कम्प्युटरले सूचना गर्दे गर्दा अरु २ जनाले रकम तिरेर हिडेपछि वृद्धलाई कसैले पालो आएको जानकारी गराए ।

वृद्ध काउन्टरमा पुग्दा त्यहाँ कार्यरत एक जना महिला कर्मचारीले पालो आउन्जेल नआउने भनेर रिसाइन । अनि संगै उभिएका अर्का सेवाग्राहिले लेखापढि नभएको र अनपढ भएकोले पालो छुट्दा कार्यालयले सेवाग्राहिहरूले गर्ने व्यवहार ठिक नभएको भन्दै आपत्ति जनाए । सवै सेवाग्राहीहरूको ध्यानाकर्षण हुने गरी भएको संवादपछि उनले नवुझेको भए पहिले आफुलाई सोध्न पथ्र्यो नि भनी टार्ने प्रयास गरिन् ।

अर्की घिमिरे थर वताउने मन्थलीकै एक जना उपभोक्ता पनि काउण्टरमा पैसा वुझाएपछि वाँकि रकम फिर्ता नलिईकन घर फर्किन् । उनले आफुले कटाएर पाउनु पर्ने रकमको वारेमा काउण्टर वाट मिटर स्वीकृतिको कागज र भौचर आयो तर रकम फिर्ता दिने नदिने वारेमा केहि पनि जवाफ नआएपछि अरु संगको व्यवहार देखेर चुपचाप घर फर्किएको वताइन् । हुन त प्राधिकरणका काउण्टर र काउण्टर वाहेका फिल्डका कर्मचारीले पनि पटक पटक यस्तो व्यवहार गर्ने गरेको प्रशस्तै उदाहरण छन् ।

प्राधिकरणमा यस्तो खालको व्यवहार पहिलो पटक भने होइन् । उनीहरूले पटक पटक सेवाग्राहिहरूले नै तिरेको रकम तलव खाएर उनीहरू माथि गर्ने गरेका यस खालको कदमलाई प्राधिकरणले तत्काल सच्याउनु जरुरी रहैको सरोकारवालाहरूले वताएका छन् । यस वारेमा मन्थली केन्द्रका प्रमुख विनोद अधिकारीसँग संम्पर्क गर्दा अहिले आफू कार्यालयको कामको शिलशिलामा वाहिर गएकोले कार्यालयको सवै कुरा थाहा हुन नसकेको भएपनि सेवाग्राहि हरूलाई सुशासन दिने कुरामा प्राधिकरण गम्भिर रहेको बताए । उनले भने यस वारेमा तत्काल सूचना अधिकारी संग वुझेर समस्याको वारेमा जानकारी लिएर समस्या भएको भए त्यसको समाधान आफूले तत्काल गर्ने वताए ।